गाउँपालिकाले ल्यायो ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम-Sutra News

गाउँपालिकाले ल्यायो ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

शनिबार, २६ असार २०७८

शनिबार, २६ असार २०७८

दाङ- पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ ।



सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिइन् ।

‘स्वस्थ आमा, स्वस्थ बच्चा’ भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउँछिन् ।

भत्तारकम दुई हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट