काठमाडौं- बाढीबाट प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमार्फत प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीसहित १२ जनाको टोली सेनाको हेलिकप्टर मार्फत सिन्धुपाल्चोक तर्फ गएको हो ।
सेनाको एनए-०५३ हेलिकप्टर मार्फत प्रधानमन्त्री ओलीसहितको टोली शनिबार बिहान पौने ११ बजे बालुवाटारबाट सिन्धुपाल्चोक गएको हो ।