काठमाडौं- कोपा अमेरिका फुटबलको ४७ औं संस्करणमा दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् ।
दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र ब्राजिलका स्टार खेलाडी नेइमारलाई कोपा अमेरिका २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित गरेको हो ।
नेपाली समयअनुसार आइतबार बिहान भएको फाइनल अघि नै प्लेअर अफ दि टुर्नामेन्ट घोषित गरिएको थियो ।
साबिक विजेता ब्राजिललाई १–० ले पराजित गरेर अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।