रुपन्देहीको एक ग्लास हाउसमा आगलागी, करोडौंको क्षति-Sutra News

रुपन्देहीको एक ग्लास हाउसमा आगलागी, करोडौंको क्षति

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

 रुपन्देहीको  एक ग्लास हाउसमा   आगलागी हुँदा करोडौंको क्षति भएको छ । 



सिद्धार्थनगर नगरपालिका–८  भैरहवाका नारायण पथमा  रहेको सुन्दर ग्लास हाउसमा गएराती आगो लागेको हो ।

विभिन्न स्रोत साधन प्रयोग गरेर आगोलाई नियन्त्रणमा ल्याएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

२० भन्दा बढी दमकलको प्रयोग तथा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी मिलेर संयुक्त प्रयास गरेपछि मात्र विहान ५ बजे आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट पसलका सबै सामग्रीका र दुई तल्ले घर ध्वस्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट