आज यी ठाउँहरुमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह-Sutra News

आज यी ठाउँहरुमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमा जारी गरेको छ ।



अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका  केही स्थानहरुमा मेघ घर्जन/चट्याङ्ग सहित  हल्का देखि मध्यम  वर्षा भैरहेको छ।

आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट