गण्डकी प्रदेश- १ महिनापछि दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी-Sutra News

गण्डकी प्रदेश- १ महिनापछि दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

लामो समयदेखि विनाविभागीय मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् ।



त्यस्तै अर्का मन्त्री हरिशरण आचार्यले पनि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । गण्डकी सरकारमा यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।

अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्।

राजीव गुरुङ र हरिशरण आचार्यले मन्त्रीको जिम्मेवारी पाएपछि गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट