हत्या भएको एक महिनापछि फेला पर्यो सुजिता ठाकुरको शव-Sutra News

हत्या भएको एक महिनापछि फेला पर्यो सुजिता ठाकुरको शव

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

जेठ १९ देखि हराएकी महोत्तरीका सुजिता ठाकुरको शव फेला परेको छ । 



महोत्तरी प्रहरीका अनुसार पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको हो ।

जेठ २० गते देखि हराइरहेकी सुजिताको शव आइतबार बिहान करिब १० बजे फेला परेको हो।

सुजिताको हत्याको आरोप लागेका सासु, ससुरा पतिराम र देवरानी रोमालाई पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

प्रहरीले शवको पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको छ।

घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट