भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै घट्यो, निको हुनेको दर ९७.२० प्रतिशत-Sutra News

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै घट्यो, निको हुनेको दर ९७.२० प्रतिशत

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा पछिल्लो २४ घण्टामा थप ४१ हजार ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 



भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या चार लाख आठ हजार ४० पुगेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट