एमाले कार्यदल बैठक ६ घण्टादेखि सिंहदरबारमा जारी, किन हुन सकेन सहमति ?-Sutra News

एमाले कार्यदल बैठक ६ घण्टादेखि सिंहदरबारमा जारी, किन हुन सकेन सहमति ?

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले विवाद समाधानका निम्ति गठन गरिएको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा ६ घण्टादेखि जारी छ ।



बैठक बिहान साढे नौ बजेदेखि शुरू भएको थियो । शनिवार बसेको बैठकपछि नेताहरूले आइतवार खुसीको खबर सुन्न पाइने बताएका थिए ।

तर साढे ९ बजे शुरू भएको बैठक सहमति खोज्नमै केन्द्रित देखिन्छ । ९ बुँदे मस्यौदामा लगभग सहमति जुटेको भए पनि त्यसलाई अन्तिम रुप दिन नसकिएको नेताहरूले बताएका छन् ।

सूत्रन्यूजसँग कार्यदलका एक सदस्यले भने – ‘मस्यौदाले अन्तिम रुप पाइसकेको छ । प्रतिवेदन नै तयार गर्नुपर्ने कुरा पनि आएको छ । मोटामोटी सहमति भए पनि भाषामा हुन बाँकी छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै गरिएको हस्ताक्षर फिर्ताको विषय भने अहिलेसम्म मिलेको छैन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त तेर्स्याएका छन् ।

तर असन्तुष्ट पक्षले भने हस्ताक्षरको च्याप्टर क्लोज भइसकेको र त्यसलाई शर्त मान्न आवश्यक नरहेको बताएको छ ।

कार्यदलमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली रहेका छन् भने नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट