‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र वैधानिक रहने निर्वाचन आयोगको फैसला-Sutra News

‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र वैधानिक रहने निर्वाचन आयोगको फैसला

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौँ । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) वैधानिकता कायम रहने निर्णय गरेको छ ।



प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय  गरेको हो । 

माओवादी केन्द्र अवैधानिक रुपमा सञ्चालन रहेको दाबी गर्दै एमालेका पूर्वमाओवादी समूहका नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत असार २३ मा आयोगमा दल दर्ता खारेजीको माग गर्दै निवेदन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट