प्रधानमन्त्रीले भने- खेल खेल्दा विपक्षी कहाँनेर छ र उसको मुभ कतातिर छ, त्यो हेर्न भ्याइसक्नुपर्छ !-Sutra News

प्रधानमन्त्रीले भने- खेल खेल्दा विपक्षी कहाँनेर छ र उसको मुभ कतातिर छ, त्यो हेर्न भ्याइसक्नुपर्छ !

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् ।



 प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए ।

 प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् ।

 आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गरे ।

त्यस्तै उनले खेल खेल्दा एकदमै चनाखो भएर मैदानमा उत्रनुपर्ने बताए । उनले भने खेल खेल्दा ‘विपक्षी कहाँनेर छ र उसको मुभ कतातिर छ, त्यो हेर्न भ्याइसक्नुपर्छ ।’

“टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ”, प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट