काठमाडौँ उपत्यकामा थप ३९१ जनामा कोरोना संक्रमण-Sutra News

काठमाडौँ उपत्यकामा थप ३९१ जनामा कोरोना संक्रमण

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ३९१ कोरोना संक्रमित थपिएका छन्।



आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ छन्। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ हजार २१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सही अवधिमा नेपालमा थप १ हजार ५३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट