विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन-Sutra News

विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।



आज उनीहरुले काठमाडौँ उपत्यकामा शंख बजाएर विरोध प्रदर्शन गरेका छन् । 

आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारको यो कदमविरुद्ध चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरूले २८ असारमा नेपाल आयल निगमका गाडीहरू चल्‍न नदिने, २९ असारमा पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने र ३० असारमा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने निर्णयसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट