बसिरहेको कार्यदल बैठक छोडेर किन निस्के घनश्याम भुसाल ?-Sutra News

बसिरहेको कार्यदल बैठक छोडेर किन निस्के घनश्याम भुसाल ?

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसिरहेको एमाले कार्यदलको बैठक छोडेर घनश्याम भुसाल बाहिरिएका छन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरतिर लागेको अनुमान गरिएको छ ।



बिहान साढे ९ बजेदेखि एमाले एकताका लागि गठन गरिएको कार्यदल बैठकले ८ घण्टासम्म पनि कुनै सहमति पहिल्याउन सकेको छैन ।

शनिवार बसेको बैठकपछि नेताहरूले आइतवार खुसीको खबर सुन्न पाइने भन्दै सञ्चारमाध्यमहरूलाई ब्रिफिङ गरेका थिए ।

बैठकस्थलबाट करीब ५ बजे भुसाल बाहिरिएका हुन् । मोटामोटी सहमति भएको भनिएपनि अहिलेसम्म सहमतिको मस्यौदा सार्वजनिक गरिएको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै गरेको हस्ताक्षर फिर्तालाई बटमलाइन बनेका छन् ।

यता नेता नेपाल भने कुनै हालतमा हस्ताक्षर फिर्ता नहुने अडानमा देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट