काठमाडौं- नेकपा एमालेको आज आइतबार बस्ने भनिएको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको थियो ।
कार्यदलको बैठक जारी रहेकाले बैठक भोलि साेमबारसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।
आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । बैठकबारे जानकारी भएका नेताहरूले विरोध गरेका थिए ।
आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो ।