काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् ।
क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन् ।
पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए ।
क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलकाअनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।