कार्यदलको बैठक चल्दै गर्दा उठेर हिंडे विष्णु पौडेल, के मा कुरो मिलेन ?-Sutra News

कार्यदलको बैठक चल्दै गर्दा उठेर हिंडे विष्णु पौडेल, के मा कुरो मिलेन ?

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौं- पार्टीको विवाद समाधान गरेर एकता कायम राख्न आठ घन्टादेखि जारी एमाले कार्यदलको बैठकले अहिलेसम्म सहमतिको प्याकेज टुंग्याउन सकेको छैन ।



सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छलफलबाट उपप्रधानमन्त्री तथा विष्णु पौडेल बाहिरिएका छन् । तर, कार्यदलमा संस्थापनबाट सहभागी नेता प्रदीप ज्ञवालीले प्याकेज सहमतिका लागि छलफल जारी रहेको जानकारी दिएका छन् ।

ज्ञवालीको भनाइमा बिहानैदेखि छलफल जारी छ । टुंगिएको छैन ।

कार्यदलमा संस्थापन र वरिष्ठ नेता माधव नेपाल पक्षबाट दश नेता छन् । उनीहरूले आइतबार बिहान एकताको सुःखद सन्देश सम्प्रेषण गर्ने बताएका थिए ।

तर, वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलाअघि त्यसलाई प्रभावित हुने गरी सहमति गर्न अनिच्छा देखाएपछि कार्यदलका सदस्यहरले उनलाई मनाएर सहमतिको प्याकेज टुंग्याउने कोसिस जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट