काठमाडौं- नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले आजै सहमतिमा हस्ताक्षर हुने दावी गरेका छन् । बैठकमा जारी रहेकै बेला नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आजै सहमति हुन्छ कि हुन्न ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामी सहमतिको प्रयासमा छौँ । आजै हस्ताक्षर गर्छौं ।’
नेम्वाङले शनिबार आइतबार बिहानसम्म देशवासीले सुखद् समाचार पाउने बताएका थिए ।
तर सुखद् समाचार भने अहिलेसम्म आएको छैन ।