भीम रावल अब एमालेको कार्यवाहक अध्यक्ष !-Sutra News

भीम रावल अब एमालेको कार्यवाहक अध्यक्ष !

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

नेकपा एमालेका नेता भीम रावल कार्यवाहक अध्यक्ष हुने भएका छन् ।



गत असार २० गते उनले बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

यो पनि 

यस्ता छन् एमालेका दुई पक्षबीच भएको सहमतिका १० बुँदा यस्ता छन् एमालेका दुई पक्षबीच भएको सहमतिका १० बुँदा

भेटमा ओलीले एमाले चलाउन सक्ने अन्य कोही नेता नभएकाले रावललाई कार्यवाहक अध्यक्ष चलाउन आग्रह गरेका थिए ।

विश्वस्त स्रोतका अनुसार २० गते राति ९ बजे ओली र रावलबीच भएको भेटवार्तामा ओलीले रावललाई कार्यवाहक अध्यक्ष लिन प्रस्ताव गरेका थिए ।

रावल त्यसमा सकारात्मक देखिएका छन् ।

बालुवाटार भेटअघि रावलले मेरियट होटेलमा ‘रअ’का केही प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए । ओलीको चर्को आलोचना गर्ने रावल त्यसपछि नरम भएका छन् ।

रावल एमाले कार्यदलमा माधवकुमार नेपाल तर्फबाट नेतृत्व गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट