काठमाडौं- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले स्थायी कमिटी सदस्यहरुलाई पठाएको निमन्त्रणामा एमाले केन्द्रीय कमिटीको १४ औँ बैठक असार २९ गते बिहान ११ः०० बजे बोलाइएको जानकारी दिइएको छ ।
निमन्त्रणामा भनिएको छ, ‘एमाले केन्द्रीय कमिटीको १४ औँ बैठक असार २९ गते बिहान ११ बजे पार्टी अध्यक्ष केपी ओलीको निदेशानुसार आयोजना गरिएको छ ।’
पार्टी एकताका लागि गठित कार्यदलको बैठक बसिरहेका बेला ओलीले स्थायी र केन्द्रीय कमिटी बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।