काठमाडौं- नेकपा एमालेभित्रको विवाद टुंगिएको छ । विवाद समाधान गर्न गठित कार्यदलले आइतबार राति टुंग्याएको हो ।
कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनले भने, ‘पार्टीका समस्या समाधान गरेर अगाडि जाने दश बुँदे सहमति हस्ताक्षर भएकाे छ ।’
उक्त सहमतिपत्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसमक्ष पेस गरिने छ ।