काठमाडौं- १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी स्पेनका मिडफिल्डर पेड्री बन्न सफल भएका छन् ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि चुम्न सफल भएका हुन् ।
प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो ।
युरोकपको उपाधि भने इटालीले जितेको छ ।