काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले एकता कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्तावको ब्याख्या गलत र अस्वीकार्य भएको बताएका छन् । गएराति एमालेले कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव तयार गरेको थियो । त्यसलाई आज बस्ने स्थायी कमिटीको बैठकबाट अनुमोदन गर्ने सहमति बनेको थियो ।
तर, त्यसमा गरिएको ब्याख्या अस्वीकार्य भएको वरिष्ठ नेता नेपालले बताएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गएराति नै ट्वीट लेख्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दिएका हस्ताक्षर एमाले सांसदले फिर्ता लिने जनाएका थिए ।
वरिष्ठ नेता नेपालले फेसबुकमा लेखेका छन्, ‘हिजो राति नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।’
मैले देउवा महाेदयलाई लेखेंकाे थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन हाेला?
तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो हाेला!बरू एकाबिहानै आएकाे टिप्पणी अदालतकाे निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेकाे देखें मैले त!कसाे हाेला?
फाटेकाे जालाेले छेकेकाे! pic.twitter.com/x3bJoIQ99U— Surya Thapa (@ThapajiSurya) July 12, 2021