काठमाडौं- इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरोकप २०२० को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् ।
२२ वर्षका डोनारुम्माले वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डका दुई खेलाडीले प्रहार गरेका पेनाल्टीको सुन्दर बचाउ गरेका थिए ।
सोही बचाउका कारण इटालीले सन् १९६८ पछि पहिलोपटक युरोपक जित्यो । डोनारुम्माले इंग्ल्याण्डका जेडन सान्चो र बुकायो साकाको प्रहार रोकेका हुन् ।
प्लेअर अफ दि टुर्नामेन्ट जित्ने उनी दोस्रो गोलरक्षक हुन् । यसअघि सन् १९९२ मा डेनमार्कका पिटर श्माइकलले सो अवार्ड जितेका थिए ।