योगेश भट्टराईले गरे १० बुँदे सहमतिको स्वागत-Sutra News

योगेश भट्टराईले गरे १० बुँदे सहमतिको स्वागत

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका निम्ति भएको १० बुँदे सहमतिको स्वागत गरेका छन् । आइतबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालपक्षीय नेताहरू गठित कार्यदलले १० बुँदे सहमति गरेकाे थियाे । 



सोमबार बिहान फेसबुकमा लेख्दै भट्टराईले भनेका छन्, ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ । यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।’

यस्ता छन् एमालेका दुई पक्षबीच भएको सहमतिका १० बुँदा यस्ता छन् एमालेका दुई पक्षबीच भएको सहमतिका १० बुँदा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट