ओली र नेपालबीच भेटवार्ता हुँदै-Sutra News

ओली र नेपालबीच भेटवार्ता हुँदै

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।



आइतबार बसेको एमालेको कार्यदलको बैठकले १० बुँदे सहमति गरेसँगै आवश्यक छलफल गर्नका लागि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यता नेकपा एमालेभित्रको विवाद टुंगिएको छ । विवाद समाधान गर्न गठित कार्यदलले आइतबार राति टुंग्याएको हो ।

कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनले भने, ‘पार्टीका समस्या समाधान गरेर अगाडि जाने दश बुँदे सहमति हस्ताक्षर भएकाे छ ।’   

उक्त सहमतिपत्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसमक्ष पेस गरिने छ ।

एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । त्यस्तै केन्द्रीय कमिटीको बैठक भोलि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट