अमेरिकाले दिएको १५ लाख डोज खोप स्वाथ्य मन्त्रालयलाई हस्तान्तरण-Sutra News

अमेरिकाले दिएको १५ लाख डोज खोप स्वाथ्य मन्त्रालयलाई हस्तान्तरण

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

अमेरिकाले सहयोग गरेको १५ लाख डोज कोरोनाविरुद्धको खोप आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।



अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप सोमवार बिहान काठमाडौँ आएको हो ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले उक्त खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

जोन्सन एण्ड जोन्सन कम्पनीको खोप एक डोज मात्र लगाए पुग्ने विज्ञहरूले दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट