काँग्रेसले अचानक किन बोलायो पदाधिकारीको बैठक ?-Sutra News

काँग्रेसले अचानक किन बोलायो पदाधिकारीको बैठक ?

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ । 



मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाले बैठक बोलाएको एक नेताले जानकारी दिए ।

कांग्रेसले वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवको संयोजकत्वमा निर्वाचत समिति गठन गरेको छ ।

भोलिको पदाधिकारी बैठकमा निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने बताइएको छ ।

मंगलबारको बैठकमा पार्टीको आगामी महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।

महाधिवेशन नजिकिंदै गएपनि काँग्रेसमा क्रियाशील सदस्यसम्बन्धि विवाद कायमै छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट