देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश-Sutra News

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।



१ सय ४६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

आज सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन विरुद्ध र देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने परमादेश माग गरिएको रिट जारी हुने फैसला सुनाएको छ । 

गत जेठ ७ गते मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको दोस्रो विघटन गरिदिएकी थिइन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट