सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रको प्रतिक्रिया : संविधान र लोकतन्त्रको रक्षा भएको छ-Sutra News

सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रको प्रतिक्रिया : संविधान र लोकतन्त्रको रक्षा भएको छ

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।



प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै अदालतले आज परमादेश जारी गरेको छ ।

‘अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ,’ श्रेष्ठले सूत्रन्यूजसँग भने ।

गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रोपटका विघटन गरेकी थिइन् ।

१ सय ४६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

अदालतको संवैधानिक इजलासले आज रिट निवेदकको पक्षमा फैसला दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट