संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाऊ – सर्वोच्च-Sutra News

संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाऊ – सर्वोच्च

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको छ ।



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासले आज प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट जारी गर्दै संसद पुनःस्थापना गरिदिएको हो ।

पुनःस्थापित संसदको बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन अदालतले आदेश दिएको हो ।

गत जेठ ७ गते मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रो विघटन गरिदिएकी थिइन् ।

जेठ १० गते विघटनविरुद्ध दर्जनौं रिटहरू परेका थिए । सर्वोच्च अदालतले ती रिटहरूमाथि सुनुवाइ गर्दै संसद पुनःस्थापना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न र संसदको अधिवेशन तत्काल बोलाउन आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट