सत्तापक्षमा निराशा पैदा गराएको सर्वोच्चको फैसलाले विपक्षी गठबन्धनमा छायो उत्साह : बैठक बस्ने तयारी-Sutra News

सत्तापक्षमा निराशा पैदा गराएको सर्वोच्चको फैसलाले विपक्षी गठबन्धनमा छायो उत्साह : बैठक बस्ने तयारी

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि विपक्षी गठबन्धनमा उत्साह छाएको छ ।



नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बैठक केही बेरमा बस्ने तयारी भइरहेको छ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संविधानको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।

फैसलामाथि नेता नेपालले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रोपटक विघटन गरेकी थिइन् ।

विघटन बदर गर्न र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६सांसदहरूले अदालतमा रिट हालेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट जारि गरिदिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट