एमालेकै नेताको प्रतिक्रिया – अध्यक्षज्यू यतिका अपराध गरेपछि अध्यक्ष बनिरहन मिल्दैन, राजीनामा दिनुस् !-Sutra News

एमालेकै नेताको प्रतिक्रिया – अध्यक्षज्यू यतिका अपराध गरेपछि अध्यक्ष बनिरहन मिल्दैन, राजीनामा दिनुस् !

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

एमालेका नेता डा. बिजय पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन् ।



ओलीको सिफारिसमा राष्ट्रपतिले दोस्रोपटक गरेको संसद विघटनलाई पुनःस्थापना गरिदिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालले परमादेश दिएपछि डा. पौडेलले ओलीलाई राजीनामा दिन सुझाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै पौडेलले भनेका छन् – ‘आदरणीय अध्यक्ष के.पी.शर्मा ओलीज्यू, आफ्ना प्रतिगामी कदमबारे खुलाखुलस्त आत्मालोचना गर्दै अध्यक्ष पदबाट राजिनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनु होस् ।’

उनले यतिका धेरै अपराध गरिसकेपछि अध्यक्षको पदमा बस्न नमिल्नेसमेत जिकिर गरेका छन् । ‘आफ्नो वरिपरि भएका ती गलत तत्वहरुको कुरा नसुन्नु होस्,’ उनको थप सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट