सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन गर्न महेश बस्नेत माइतीघरमा-Sutra News

सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन गर्न महेश बस्नेत माइतीघरमा

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला गरेपछि एमाले निकटको युवा संघले माइतीघरमा प्रदर्शन गरेको छ ।



प्रदर्शनमा महेश बस्नेतसमेत सहभागी छन् ।

युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडक प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट