अदालतको फैसलापछि झाँक्रीको प्रतिक्रिया- न्यायपालिकाले आफ्नो गरिमा बढायो-Sutra News

अदालतको फैसलापछि झाँक्रीको प्रतिक्रिया- न्यायपालिकाले आफ्नो गरिमा बढायो

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद विघटन गरेसँग न्यायपालिकाले आफ्नो गरिमा बढाएको बताएकी छन् ।



सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै काँग्रेस सभापति शेरंबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै उनले यस्तो बताएकी हुन् ।

‘जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहित रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिला: लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक ब्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन परिक्षण गर्न जानुपर्ने अबस्था आउने रहेछ।’ उनले लेखेकी छन् ।

उनले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा भएको उल्लेख गरेकी छन् ।

‘संबैधानिक ईजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ्य बहस र पैरवी गर्ने विद्धान वरिष्ट अधिबक्ता र अधिबक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरीक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट