सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुका साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
अहिले काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीका नेताहरु बैठक बसिरहेका छन् ।