सुवास नेम्वाङको प्रतिक्रिया- अदालतको फैसलामा हाम्रो सहमति छैन तर मानेर अगाडी जान्छौं-Sutra News

सुवास नेम्वाङको प्रतिक्रिया- अदालतको फैसलामा हाम्रो सहमति छैन तर मानेर अगाडी जान्छौं

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

नेकपा एमालेका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरु सहमति नभए पनि त्यसलाई मानेर अगाडी जानुपर्ने बताएका छन् । 



अदालतले संसद विघटन बदर गर्ने निर्णय गरेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूहरु विधिको शासनमा विश्वास गर्ने भएको भन्दै उनले अदालतको फैसलालाई मानेर अगाडी बढ्नुको विकल्प नभएको बताए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट