नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको बताएका छन् ।
सर्वोच्चले आफूलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेसँगै उनले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।
देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ। कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’
हेर्नुहोस् विज्ञप्ति: