राष्ट्रपतिले गरिन् राष्ट्रिय सभाको अधिवेशन अन्त्य-Sutra News

राष्ट्रपतिले गरिन् राष्ट्रिय सभाको अधिवेशन अन्त्य

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् ।



दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशपछि केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिदिएकी हुन् ।

अदालतको आदेशपछि प्रधानमन्त्री र राष्ट्रपतिले पहिलो ‘मूभ’ गरेका हुन् ।  

आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचनामार्फत जानकारी दिएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले चालू रहेको राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको सूचनामा दाबी गरिएको छ । 

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशसहित संसद पुनःस्थापना गरिदिएपछि भएको अधिवेशन अन्त्यलाई चासोका साथ हेरिएको छ ।

adhibeshan.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट