कोटेश्वरमा विपक्षी गठबन्धनको छलफल र बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक सँगसँगै-Sutra News

कोटेश्वरमा विपक्षी गठबन्धनको छलफल र बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक सँगसँगै

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको कमिटीको बैठक केहीबेरमा बस्न लागेको हो ।



बालुवाटारमा एमालेको स्थायी कमिटीको बैठक बस्न लाग्दा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्नेछ ।

विपक्षी गठबन्धनको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुने बताइएको छ ।

सर्वोच्च अदालतले संसद विघटन गर्नुका साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट