काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेकाे प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गलत रहे पनि कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वरिष्ठ नेता माधव नेपालपक्षीय केही नेता समेत उपस्थित थिए ।
वैठकपछि एक नेताले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सम्मानित सर्वोच्च अदालतले गरेको फैसला गलत रहेको बैठकले ठहर गरेको छ । तर यसलाई कार्यान्वयन गरेरै अगाडि बढ्ने निर्णय भएको छ ।’