‘मिसन’ पूरा भएपछि विपक्षी गठबन्धनबाट अलगिए माधव नेपाल-Sutra News

‘मिसन’ पूरा भएपछि विपक्षी गठबन्धनबाट अलगिए माधव नेपाल

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएका छन् । सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले बाहिरिने निर्णय गरेका हुन् ।



नेता नेपाल गठबन्धनमा सामेल भएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लागेको थिए । साथै प्रतिनिधिसभा पुनर्स्थापनाको प्रतिक्षामा थिए । जुन उनको ‘मिसन’ थियो । 

उनले बैठकमा आफ्नो बाध्यताका कारण विपक्षी गठनबन्धन नरहन सक्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताले माधव नेपालको भनाइ सुनाउँदै भने, ‘मेरा धेरै बाध्यता छन् । जसका कारण म आगामी दिनमा विपक्षी गठबन्धनमा रहिरहने अवस्था नहुन पनि सक्छ भन्नुभयो ।’

पाँच दलीय विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा फैसला सुनाउँदै सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट