काठमाडौं- सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेकै दिन सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।