काठमाडौं- सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मंगलबार ५ बजे प्रधानमनत्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले देउवालाई शपथ गराउने तयारी थाल्ने छ ।
विपक्षी गठबन्धनको निर्णयअनुसार देउवाले ५ सदस्यीय मन्त्रिमण्डल बनाउने छन् । नयाँ मन्त्रिमण्डलमा माओवादीबाट २ र नेपाली कांग्रेसबाट २ जना मन्त्री नियुक्त गर्ने प्रारम्भिक छलफल भएको छ । त्यसपछि जसपा र अन्य मन्त्रीहरू थपिदै जाने देउवानिकट एक नेताले बताए ।
सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रतिनिधिसभा पुनर्स्थापनासहित देउवालाई प्रधानमन्त्री बनाउन सोमबार परमादेश दिएको हो ।