आजदेखि भेरोसेल र जोन्सन खोपको पहिलो मात्रा-Sutra News

आजदेखि भेरोसेल र जोन्सन खोपको पहिलो मात्रा

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौं- चीनबाट ल्याइएको भेरोसेल तथा अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने भएको छ । चीनबाट ल्याइएको ८ लाख डोज र अमेरिकाले उपलब्ध गराएको १५ लाख डोजभन्दा बढी खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



भेरोसेल खोप ५५ वर्षभन्दा माथिका उमेर समूह, विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी रहेकालाई लगाइने भएको छ ।

खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले पनि भेरोसेल खोप लगाउने पाउनेछन् । जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूह, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ । सार्वजनिक सवारीका चालक, सहचालकले आधिकारिक परिचयपत्र र सवारीसाधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाउन पाउनेछन् ।

विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारीले पनि आधिकारिक परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् । विदेश जान लागेकाको हकमा पासपोर्ट र सम्बन्धित देशको भिसाका आधारमा खोप लगाउन पाउने मन्त्रालयले उल्लेख गरेको छ ।

1.jpg

2.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट