४० तालीवानी विद्रोही मारिए-Sutra News

४० तालीवानी विद्रोही मारिए

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काबुल- अफगानिस्तानको विभिन्न जिल्लामा भएको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोही मारिएका छन् । अफगानिस्तानको हेलमन्द प्रान्तमा अफगान वायुसेनाले गरेको हवाई हमलामा १४ जना तालीवानी मारिएका हुन् ।



त्यसैगरी डेलारम जिल्लामा गरिएको हवाई हमलामा २० र टगब जिल्लामा ६ जना बिद्रोही मारिएका हुन् । अफगानिस्तानको रक्षा मन्त्रालयलका अनुसार हेलमन्द प्रान्तको दक्षिणी क्षेत्रमा रहेको गार्मसर जिल्ला र डेलाराम जिल्लामा पकड जमाइ बसेका तालीवानीविरुद्ध अफगान सेनाले कारबाही गरेको हो ।

कारवाहीमा तालिवानका डेपुटी कमान्डर पनि मारिएको अफगानिस्तानी सेनाले पुष्टी गरेको छ । घटनामा ३५ जना घाइते भएका छन् ।

हवाई हमलाले तालिवानतर्फ धेरै हातहतियार नष्ट भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए लगत्तै तालीवानी विद्रोहीले हिंसात्मक गतिविधि बढाएपछि अफगानिस्तान सेनाले पनि जवाफी कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट