काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका ने देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने भएका हुन् ।
सोमबार अदालतले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने समझदारी बनाएको हो ।