काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक मंगलबार बस्दै छ ।
प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको परिस्थितिबारे थप छलफल गर्न बैठक बोलाइएको हो ।
पेरिसडाँडामा मंगलबार बिहान ९ बजे बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको बताए ।
देउवा नेतृत्वको सरकारमा सहभागी हुने बारेमा पनि बैठक केन्द्रीत हुने बताइएकाे छ ।