बालुवाटार छोड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने-Sutra News

बालुवाटार छोड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटार छोड्नुअघि देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । 



सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । 

ओलीको परामर्शमा पार्टीका महासचिव ईश्वर पोखरेलले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आज दिउँसो १ बजे बस्ने बैठकमा नेपाललगायतका सबै स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।

आजको बैठकले एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तयार गरेको १० बुँदे सहमति पनि अनुमोदन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट