माओवादी केन्द्रका मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई-Sutra News

माओवादी केन्द्रका मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरू छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।



आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवासँग छलफल गर्ने जिम्मा अध्यक्ष प्रचण्डको रहेको बताए ।

‘हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकार संचालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरूपका विषयमा ठोस छलफल गर्ने र पहल गर्नका लागि कुराकानी अघि बढाउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

उनले आजै दिउँसो १ बजे सभापति देउवासँग कुराकानी हुने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक करार गर्दै सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । यससँगै आज अपराह्न ५ बजे देउवाले प्रधानमन्त्रीको नियुक्ति लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट